जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन वार्ता गर्ने

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २१४ पटक पढिएको

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकटबारे फोन वार्ता गर्ने भएका छन् । 

पछिल्लो पटक प्रधानमन्त्री मोदीले २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्ताको कारण रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो ।

भारतले युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमबार दुई नेताबीच वार्ता हुन लागेको हो ।

युक्रेनको शहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले युक्रेन छाड्न भनेको थियो । एजेन्सी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित