१२७ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९४ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ८ सय ७४ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ७ सय ७० रहेको मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४१ पुगेको छ । त्यस्तै आज ३५ हजार ७ सय ८८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित