१० केजी अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

सर्लाही, मलगंवा नगरपालिका-८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी-१ बस्ने २३ वर्षीय मो.साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ना.२ ह १५६७ नम्बरको टेम्पोलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित