लागूऔषधसहित झापाबाट २ जना पक्राउ
- वर्ल्ड दैनिक
- १ साल अघि
- ९४ पटक पढिएको
झापा, मेचीनगर नगरपालिका-५ भेटघाट चोक नजिक मेचीखोला बगरबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ सय ४ पिस बिन्डलास विनस्पास्मो फोर्ट लेखिएको क्याप्सुल र नाईट्रोसन १० लेखिएको ट्याब्लेट १ पिस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-३ दोकानडाँडा बस्ने १९ वर्षीय अविषेक श्रेष्ठ र भारत दार्जिलिङ घर भएका २२ वर्षीय अनमोल प्रधान रहेका छन् ।
सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस