मस्कले युक्रेनमा सहयोगको हात बढाउदै: स्टारलिंकद्वारा इन्टरनेट दिने घोषणा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ६४ पटक पढिएको

स्पेस-एक्सका संस्थापक एलोन मस्कले युक्रेनमा सहयोगको हात अघि बढाएका छन्। रुसी आक्रमणले युक्रेनमा इन्टरनेट जडानमा समस्या निम्त्याएको अवस्थामा एलोन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरेका छन्।

युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्वीटरमा ट्याग गर्दै देशमा स्टारलिङ्क स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेपछि मस्कले स्टारलिंकद्वारा इन्टरनेट दिने घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘एलोन मस्क, तिमी मंगल ग्रहमा मानिस बसाउन खोज्दै छौ, रुसले युक्रेनलाई कब्जा गर्न खोजिरहेको छ! तिमीले सफलतापूर्वक अन्तरिक्षबाट रकेट अवतरण गर्छौ। तर यहाँ रुसी रकेटले युक्रेनका जनतामाथि आक्रमण गर्छ। युक्रेनलाई स्टारलिंक स्टेशन दिन अनुरोध गर्छु।’ मस्कले जवाफमा स्टारलिंक उपग्रहहरू युक्रेनमा तैनाथ गरिएको बताएका छन्। बीबीसीबाट 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित