नेप्सेमा स्थिरता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७८ पटक पढिएको

सोमबार नेप्से परिसूचक स्थिर बनेको छ । साताको पहिलो कारोबारको दिन १०० अंकले घटेको नेप्से आज स्थिर देखिएको हो। २,७०० बिन्दुबाट सुरु भएको कारोबार बन्द हुंदा  २,७०० अंकमै  रहन पुगेको हो । मतलब आज परिसूचक जम्मा ०.०८ अंकले बढेको थियो । तीव्र उतारचढाव देखिएको बजार अन्तिम समयमा भने स्थिर रहेको हो ।

आज सेन्सेटीभ इन्डेक्स ०.३६ अंक अर्थात ०.०७ प्रतिशतले घटेर ५११.३० अंकमा कायम भएको छ ।

आज कारोबार रकममा पनि ह्रास आएको छ । आइतबार नेप्सेमा ५ अर्ब ९७ करोड कारोबार भएको  थियो । आज २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४ लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर ४९ हजार ८ सय ८२ पटक खरिद बिक्री भएको छ ।

बजार स्थिर रहँदा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ११ कम्पनीको मूल्य बृद्दी भएको छ भने  ६९ कम्पनीको मूल्यमा ह्रास आएको छ । बुदधभूमि हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनी , किसान लघुवित्त तथा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ बैंकिङ समूह ०.१९ प्रतिशत निर्जीवन बीमा समूह ०.१२ प्रतिशत, म्युचल फण्ड ०.२६ प्रतिशत , व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक गुमाउनेमा मैलुङ खोला जलविद्युत, प्रिमियर इन्सोरेन्स, नेपाल इन्सोरेन्स, एनआइबीएल समृद्धी फण्ड तथा सनराइज ब्लुचीप फण्ड सर्वाधिक गुमाउने पाँच कम्पनी रहेका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित