५ थान भरुवा बन्दुक सहित एक पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१५ पटक पढिएको

कपिलवस्तु, वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित