Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८४ पटक पढिएको

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको छ ।

स्थानीय प्रकोप व्यवस्थापन अधिकारीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको थियो ।

प्राप्त जानकारी अनुसार सामुद्रिक ज्वारभाटाले जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई बगाएको छ । पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाका अनुसार बगेकाहरुमध्ये ११ जनाको मृत्यु भएको छ ।

उनले अचानक ज्वारभाटा आएर तिनीहरूलाई समुद्रमा बगाएको जानकारी दिए ।

प्रतिबन्धित  सामुद्रिक इलाकामा उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराएका थिए ।

उक्त्त घटनामा १२ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित