दार्चुलाको आकाशमा शंकास्पद बेलुन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८८ पटक पढिएको

बिहीबार राति दार्चुलाको नौगाड गाउँमा आकाशबाट विद्युत जोडिएको बेलुन शंकास्पद खसेको छ । वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले राति करिब ८ बजेतिर तीनवटा ब्याट्री भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन खसेको बताएका हुन् ।

आकाशमा उडेको बेलुन बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसमा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडान भएको यन्त्र फेला परेको उनले बताए । इलेक्ट्रोनिक उपकरण जस्तो देखिने वस्तु भित्र मेमोरी कार्ड, तीन ब्याट्री र भारतीय मोबाइल नम्बर जस्ता प्लेटहरू छन्।

मोबाइल नम्बरमा कल गर्दा उत्तराखण्डको राजधानी देहरादूनस्थित भारतीय मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएको छ । वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न बेलुन बाँधेर यन्त्र उडाएको भन्दै भारतीय मौसम विभागलाई फोन आएको उनले बताए ।

नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताए । दार्चुलाको आकाशमा यसअघि पनि यस्ता शंकास्पद वस्तु उडिरहेका थिए ।  न्युज कारखाना

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित