ओलीले प्रचण्डलाई दिए चुनौती

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२६ पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको वाचा पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएका छन् ।

मलाई प्रधानमन्त्री पदबाट हटाएपछि अमेरिकनहरूसँग एमसीसी पारित गर्छौं भनेर गरेको प्रतिबद्धता पूरा गर्न ओलीले प्रचण्डलाई ललकार दिएका हुन् ।

बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका थिए। 

प्रचण्डलाई ओलीले भने ‘मलाई हटाउन एमसीसी पास गर्छौं भन्नुभयो, तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस, यसबारे मलाई सोध्न जरूरी छैन।’

एमालेका एक नेताले भने,’प्रचण्डलाई गठबन्धन पनि नटुटोस् अनि एमालेको समर्थनमा एमसीसी पारित होस् भन्ने छ। एमालेले एमसीसी पारित गरेपछि त्यसको विरोधमा चुनावमा जान पाइन्छ भन्ने लागेको होला, उहाँको दोहोरो स्वार्थ पूरा हुन सक्दैन।’

प्रसार विभागका उपप्रमुख बिष्णु रिजालले प्रचण्डले ओलीलाई फोन गरेको विषयबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित