Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सालक सहित एक पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७४ पटक पढिएको

कैलाली, लम्कीचुहा नगरपालिका-४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका-१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त जीवित सालक सहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई उक्त सालक सहित आवश्यक अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय लम्की पठाइएको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित