१५ अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९४ पटक पढिएको
आज अर्थात मंगलबार नेप्से परिसूचक १५ अंकले बढेको छ । आइतबार ४० अंकले बढेको बजार सोमबार हल्का करेक्सन हुँदा १५.६९ अंकले बढेको हो। सोमबार २८३६ अंकबाट कारोबार सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २८५१.८६ अंकमा पुगेर बन्द भएको हो।

आजको कारोबारमा नेप्से १५.६९ अंक अर्थात ०.५५ प्रतिशतले बढेको हो । आजको कारोबारमा सेन्सेटीभ इन्डेक्स ३.०५ अंक अर्थात ०.३७ प्रतिशतले बढेर ५३५.३३ अंकमा पुगेको हो ।
आज नेप्सेमा २२४ कम्पनीको ५ अर्ब २२ करोड १७ हजार १ सय ८१ रूपैयाँ बराबरको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर ६६ हजार १ सय १३ पटक किनबेच भएको हो ।
बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ५ कम्पनीका लगानीकर्ताको पोर्ट्फोलियो बढेको छ भने ७० कम्पनीको सेयर मूल्यमा ह्रास आएको छ ।
नेप्से बढ्दा नेपाल इन्फास्टक्चर डेभलोमेन्ट बैंक, छ्याङ्दी हाइड्रो पावर, सानिमा लाइफ इन्सोरेन्स, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड तथा बोटलर्स नेपाल तराई लिमिटेड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी भएका छन् ।
आज घाटा बेहोर्ने पाँच कम्पनीहरुमा वुद्धभमि हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, साहास ऊर्जा, वीन नेपाल लघुवित्त तथा नेपाल लाइफ इन्सोरेन्स रहेका छन् ।