Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

चन्द्रगिरीमा हिमपात

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८३ पटक पढिएको

हिजो राती काठमाडौंको चन्द्रगिरीमा हिमपात भएको छ । यो वर्ष चन्द्रगिरी डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुसदोस्रो साता चन्द्रगिरीमा हिमपात भएको थियो ।

चन्द्रगिरीका पुजारी विदुर न्यौपानेले हिउँ परेको जानकारी दिएका थिए । हिउँले चन्द्रगिरीको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएको छ।

नेपालका अन्य धेरै स्थानहरुमा वर्षा भैरहेको छ । यो अवस्था आइतबारदेखि मात्रै सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

चन्द्रगिरीमा अहिले पनि हल्का हिमपात भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित