भारतमा थप ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

पछिल्लो २४ घण्टामा भारतमा थप ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा  कोभिड सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको छ । यससँगै  भारतमा कोरोना सङ्क्रमणको कारण  मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  

अहिले भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १५ लाख ३३ हजार ९२१ जना पुगेको छ ।  लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ । 

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर घर  फर्किसकेका छन् भने  गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना  निको भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित