साताको अन्तिम दिन नेप्से परिसूचक १५ अंकले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०० पटक पढिएको

साताको अन्तिम दिन नेप्से परिसूचक १५ अंकले घटको छ । आइतबार १०५ अंकले बढेको शेयर परिसूचक सोमबार भने १३ अंकले घटेको थियो । त्यस्तै मंगलबारको कारोबारमा १९ अंकले बढेको नेप्से बुधबार सरकारले सार्वजनिक बिदा दिएकाले बन्द थियो ।

बिहीबार २८९१ को बिन्दुबाट सुरु भएको सेयर बजार परिसूचक २८७६.७५ मा कायम भएको छ । परिसूचक २८७६.७५ मा पुग्दा नेप्सेमा १४.५८ अंकको बृद्दी आएको हो ।

आजको कारोबारमा सेन्सेटीभ इन्डेक्स ३.२६ अंक अर्थात ०.६० प्रतिशतले बढेर ५३९.६४ अंकमा पुगेको छ ।

बिहीबार बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। जम्मा २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रूपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर १ लाख ८ हजार ३ सय ६५ पटक किनबेच भएको छ ।

बजार घट्दापनि आज कारोबार भएका कम्पनीहरूमध्ये ४५ कम्पनीका लगानीकर्ताको पोर्टफोलियो बढेको छ भने १ सय ३७ कम्पनीको सेयर मूल्यमा ह्रास आएको छ ।

केहि समय बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, साहास ऊर्जा लिमिटेड, अरूण भ्याली हाइड्रो पावर, बुद्धभूमि नेपाल हाइड्रो पावर तथा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी बने ।

अन्य समूह घट्दा समूहगत परिसूचकतर्फ जलविद्युतसमूह ०.१९ प्रतिशत तथा निर्जिवन बीमा समूह ०.०९ प्रतिशतले बढेका छन् ।

आज घाटा बेहोर्ने पाँच कम्पनीहरुमा आरएमडीसी लघुवित्त वित्तिय संस्था, पोखरा फाइनान्स लिमिटेड, गुर्खाज फाइनान्स लिमिटेड, एनएबि हाइब्रिड फण्ड तथा लुम्बिनी जनरल इन्सोरेन्स रहेका छन् ।

बिहिबारको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था कम्पनीको सेयर मुल्य १० प्रतिसतले बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित