Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

झापाको गौरादहमा निर्माण सामग्री चोर्दाचोर्दै पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३२ पटक पढिएको

पुल निर्माण गर्न राखेका सामग्री चोरि गर्दागर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ।

गए राति गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सडकखण्डअन्तर्गत कमल खोलामा पुल निर्माणका लागि राखिएको छड चोरी गर्दैगर्दा मे १ त ४७२८ नम्बरको ट्याक्टरसहित चालकलाई प्रहरिले पक्राउ गरेका छन् ।

प्रहरिका अनुसार चोरी गर्ने व्यक्ति ४० वर्षीय रतन शाह रहेको खुलेको छ ।

उनलाई छड ट्याक्टरमा लोड गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो । घटानामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीको भनाइ छ।
साथै उनिहरुले दुई दिन अगाडि पनि ४० थान छड लगेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

फरार रहेकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित