रसिया र पश्चिमेली देशहरुबिच समबन्ध चिसिदैँ
- वर्ल्ड दैनिक
- १ साल अघि
- १८० पटक पढिएको
युक्रेन विवादलाई लिएर रसिया र पश्चिमेली देशहरुबिच समबन्ध चिसिदैँ गैरहेको छ ।

युक्रेन विवादलाई लिएर रसियाली राष्ट्रपति भ्लादिमर पुटिनले अमेरिकाले रसियालाई युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । पछिल्लो समय युक्रेनमा बढीरहेको तनावलाई लिएर रसियामाथि अझै बढी प्रतिबन्ध लगाउने अमेरिकाको उदेश्य भएको पुटिनले बताएका छन् ।
पुटिनले युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले वास्ता नगरेको आरोप लगाएका छन्। युरोपको सीमामा रुसले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ ।
अत्याधुनिक हतियारसहित युक्रेनको सीमामा एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् ।
रसियाले युक्रेनमाथि आक्रमणको कुनै पनि योजना नभएको भन्दै पश्चिमेली देशहरुलाई पटक पटक भन्दै आइरहेको छ । रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई आठ वर्षअघि बिलय गराउन सफल भएको थियो ।
रुसले पूर्वी दोनबास क्षेत्रका विद्रोहीको रक्तपातपूर्ण युद्धलाई पनि समर्थन जनाएको थियो ।