मन्त्रीलाई कालो झण्डा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०९ पटक पढिएको

अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् ।

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुमा संलग्न कार्यकर्ताहरुले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सवार कारको बाटो छेकेर कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले बताइन् ।

कालो झण्डा बोकेर उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । केहि समयपछि प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।

बरालका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो । ‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएका हौं,’ उनले भनिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित