बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९१ पटक पढिएको

गएराति ९ बजे सर्लाही बाँके जंगलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२बाँके जंगलमा दुर्घटना भएको थियो ।

बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो र उक्त बस सडक किनारमा पल्टिएको थियो ।

मोटरसाईकलमा ईश्वरपुर नगरपालिका वडा नं १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्का र मोटरसाईकल चालक २६ वर्षीय अरुण खड्का थिए । मोटरसाईकलको पछाडि सवार भक्तको घटनास्थलमै मृत्यु भयो भने चालकको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय सर्लाहीलेजनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ भने बाईक चालकलाई थप उपचारको लागि गढिमाई अस्पतालमा लालबन्दी देखी नेश्नल मेडिकल कलेज वीरगञ्ज पठाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित