एक किलो सुन सहित एक जना पक्राउ
- वर्ल्ड दैनिक
- १ साल अघि
- ८६ पटक पढिएको
प्रहरीले एक किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस