हत्या गरेको अभियोगमा एक जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८२ पटक पढिएको

प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका-१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१६ बस्ने मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मीलाई माघ २ गते प्रहरीले पक्राउ गरेको छ । 

वीरगंज महानगरपालिका-१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको चेपमा गत पुस २४ गते ढुंगा प्रहार भएको अवस्थामा ती बालिकाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनामा संलग्न कुर्मीलाई वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना घटाएको खुल्न आएको हो । 

उनी उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपाल प्रहरी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित