४ ग्राम ८५० मिलिग्राम लागूऔषध सहित ३ जना पक्राउ
- वर्ल्ड दैनिक
- १ साल अघि
- १५१ पटक पढिएको

प्रहरीले लागूऔषधसहित ३ जना लाई पक्राउ गरेको छ ।
४ ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हिरोइन सहित दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी उपनाम भएको राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाहीलाई कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट पक्राउ गरिएको जिल्ला प्रहरिले जनाएको छ ।
उनिहरुको पहिचान बारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
लागुऔषधमात्र नभएर उनिहरुले दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराहका प्रेम बडुवालको घरबाट चोरी गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस