सर्लाहीको हरिवन नगरपालिका-९ मा दुर्घटना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७६ पटक पढिएको

बिहान करिब 4:15 बजे तिर सर्लाहीको हरिवन नगरपालिका-९ मा दुर्घटना भएको छ ।

भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस र ज २ त ७८१ नम्बरको ट्याक्टर सुकेपोखरिमा ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन्। उखु लोड भएको ट्याक्टरलाई बिग्रिएर सडक छेउमा रोकिएको थियो ।

दुर्घटनामा परेका घाइतेहरुमध्ये २४ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ भने अरु घाइतेहरुको अवस्था समान्य रहेको प्रहरिले बताएको छ ।

सबै घाइतेहरुको उपचार जिल्लाका  बिभिन्न अस्पतालहरुमा भइरहेको छ भने २४ वर्षीया कृतिकालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

दुर्घटनामा परेको बससहित चालकलाई प्रहरी कार्यालय हरिवनमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित