उद्घाटनको ९ महिना बित्दा पनि बनेन धरहरा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७१ पटक पढिएको

आज ९ महिना बितिसक्यो, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले धरहराको निकै तामझामका साथ उद्घाटन गरेको । धरहरा चढ्न पाइने भैयो भन्दै सर्वसाधारणहरु खुशी भएका थिए ।

तर दुखका साथ भन्नुपर्छ कि ,९ महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम सकिएको छैन । अझै ३५ प्रतिशत बाँकी नै छ । मुख्य धरहरामा भर्‍याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम देखी लिएर फिनिसिङको काम बाँकी नै रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) कामु आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए । 

अधिकारीले भने," इलेक्ट्रिक, इलेक्टोमेकानिकल, सेनिटरी सम्बन्धी काम बाँकी नै छ । उनले थपे, आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने प्रयास छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित