Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि गणना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०१ पटक पढिएको

नेपालको जनगणना २०७८ मा लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ। बिभागका अनुसार अहिलेको जनगणनामा  नेपालले भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुराको जनसंख्याको पनि समेटिएको छ ।

गणकहरू प्रत्यक्ष रूपमा लिपुलेक र लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि बाट जनगणना गरिएको विभागको तर्क छ।

यस भन्दा अघी बिभागले २०१८ सालमा त्यहाँको जनगणना गरेको थियो ।

त्यसपश्चात यि क्षेत्रहरुमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गरेको थिएन ।

२०७७ जेठमा केपी ओलि सरकारले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ चुच्चे नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो। प्रारम्भिक नतिजा अनुसार अहिलेको  नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। 

लिपुलेक र लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुने बिभागले बताएको छ । प्रारम्भिक नतिजाभन्दा अन्तिम परिणाम २ देखि ३ प्रतिशतसम्म तलमाथि हुनसक्ने विभागले जनाएको छ। प्रारम्भिक नतिजाअनुसार नेपालको अहिलेको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित