आज पनि घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९६ पटक पढिएको

मंगलबार अर्थात साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक एकोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ५.९२ अंकले घटेर २८१४.७४ मा पुगेको छ । 

मंगलबार ५.९२ अंकले घटेसँगै उत्पादनमूलक र अन्य समूहमा पहिरो आएको छ । नेप्से परिसूचक एकोहोरो अंकले घट्दा कारोबार रकममा अघिल्लो दिनको तुलनामा ह्रास आएको छ । बुधवार कुल ९७ लाख ८४ हजार ८ सय ३३ कित्ता किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मंगलबार धेरै कमाउने कम्पनीहरुमा डब्लु.एन.एल.बि र बि.एन.एच.सि छन् । यी दुवै कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित