Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती प्रहरीले नष्ट गरेको छ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९५ पटक पढिएको

मकवानपुर,बकैया गाउँपालिका-६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती शनिबार प्रहरीले नष्ट गरेको छ । 
उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले २९ कठ्ठामा लगाएको गाँजा तथा ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्‍ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित