वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५४ पटक पढिएको

जनकपुरलाई मधेसको राजधानी बनाएपछि वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगन्जमा बसेको चार राजनीतिक दलको संयुक्त बैठकले वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले वीरगन्ज महानगरपालिका सचिव सुन्दर कुर्मी, एमाओवादी महानगर अध्यक्ष मनोज चौधरी, सचिव व्रजलाल पासवान, नेपाली कांग्रेस महानगरपालिका अध्यक्ष भोला कलवार, एलएसपी नेता राजेशमान सिंह र मुकेश द्विवेदीसँगको बैठकले वीरगन्जलाई राजधानी बनाउन संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको हो । 

बैठकमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउन विभिन्न आन्दोलनका कार्यक्रम गर्ने र साँझ ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाउने निर्णय भएको लोसपाका नेता सुजित गिरीले जानकारी दिए ।

जनकपुरलाई राजधानी बनाउने प्रस्ताव सोमबार पारित भएसँगै पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाइएको छ । सोमबारको प्रदेशसभामा भएको मतदानले जनकपुरलाई प्रदेश राजधानी तोकेपछि राउतको पुतलाको मंगलबार पोखरिया बजारमा दाहसंस्कार गरिएको हो । पोखरिया नगरपालिकाको नेतृत्वमा रहेको नेकपा एमालेले ‘मुख्यमन्त्री लालबाबु चाहिएको छैन, हाम्रो वीरगन्ज कुर्सीले बेच्न सकिँदैन’,  जस्ता नारा लगाएईको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित