बिहिबार शेयर कारोबार रकममा ह्रास

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९५ पटक पढिएको

बिहिबार अर्थात साताको पाँचौ दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से ५४.१२ अंकले बढेर  २८५७.७५  मा पुगेको छ । 

परिसूचक ५४.१२ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि सुधार आएको छ ।  नेप्से परिसूचक दोहोरो अंकले बढेपनी हिजोको तुलनामा कारोबार रकममा भने ह्रास आएको छ । आज  कुल १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बिहिबार धेरै कमाउने कम्पनीहरुमा एम.बि.जे.सि , एम.एच.एन.एल, के.आर.बि.एल र एस.एस.एच.एल रहेका छन । यी दुवै कम्पनीको शेयर मूल्य लगभाग  १० प्रतिशतले बढेको छ ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित