दैलेखमा नेकपा एमालेको मतगणना स्थगित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९९ पटक पढिएको

दैलेखमा नेकपा एमालेको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

अहिले नेकपा एमालेको जिल्ला अधिवेशन चल्दै छ । एमालेले गत शुक्रबार देखी जिल्ला अधिवेशन सुरु गरेको हो । तर दैलेखमा भने अचम्मको मत परिणाम आयो । दैलेखमा नेकपा एमालेको निर्वाचनमा मतदाताको संख्या भन्दा बढी मत गनियो ।

जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेख जिल्लामा ७१८ मत खसेको थियो । तर ७१८ मत नभएर  ७४८ मत खसेको तथ्याङ्क निकालियो । तत्पश्चात , मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।

सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा मतदाताको संख्या बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो । 

दैलेखमा, एमाले अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अब केहि दिनमै पुन्: निर्वाचन गरिने छ । नेताहरुले निर्वाचन प्रणाली माथि पनि प्रश्न उठाइरहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित