आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघ ६ बाट हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

माघ ६ गते बाट लोकप्रिय आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा एक अमेरिकन क्लब सहित १० टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा आयोजक साहारा,अमेरिकाको बि.वाई.एस.सीसहित ए डिभिजनका क्लबहरुले सहभागिता जनाउने भएका हुन्।

यो प्रतियोगिता आहा रारा गोल्डकपको २० औं संस्करणको खेल हुनेछ ।

खेलामा नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी तथा संकटा, मनाङ मस्र्याङ्दी, थ्रिस्टार, मछिन्द्र र हिमालयन शेर्पा क्लबकोसमेत सहभागिता रहने कुरा आयोजक साहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

यो प्रतियोगिता पोखरा रंगशालामा संचालन हुने छ ।

आयोजकका अनुसार कोभिड संक्रमणका कारण स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता संचालन गरिने छ । प्रतियोगिता हुने पोखरा रंगशालामा १६ हजार ५ सय दर्शक अटाउँछन् ।

आयोजकले सोमबार एक पत्रकार सम्मेलनमा, प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैँया आम्दानी हुने अनुमान गरिएको बताएको छ ।

प्रतियोगिता माघ १५ गतेसम्म चल्ने छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित