Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

३७ जिल्‍लामा एमाले अध्यक्ष टुंगियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७५ पटक पढिएको

अहिले नेकपा एमालेको जिल्ला अधिवेशन चल्दै छ । एमालेले गत शुक्रबार देखी जिल्ला अधिवेशन सुरु गरेको हो । अहिलेसम्म ६३ ओटा जिल्लामा अधिवेशन गरिसकेको एमालेले ३७ जिल्लाबाट भने अध्यक्ष पाईसकेको छ ।

धेरै जसो जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ भने कुनै कुनै जिल्लामा मतदानबाट अध्यक्ष चयन गरिएको छ ।

गत महिना चितवन मा भएको महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । 

कुन जिल्लामा को भए अध्यक्ष ?
रामेछाप- आनन्द श्रेष्ठ
मकवानपुर- एकलाल श्रेष्ठ
डडेल्धुरा- प्रकाश साउद
भोजपुर- शरण राई
बैतडी- सुरेन्द्र पाल
म्याग्दी- देवेन्द्र केसी
जुम्ला- शान्तिलाल महत
काठमाडौँ- दीपक निरौला
ललितपुर- पुरूषोत्तम आचार्य
सिन्धुली- कुमारबहादुर कार्की
इलाम- महेश बस्नेत
खोटाङ- रामप्रसाद दंगाल
गुल्मी- बालसिंह काउछा
तनहुँ- श्रीप्रसाद श्रेष्ठ
रसुवा- कर्णेल लामा
नुवाकोट- बद्रीप्रसाद मैनाली
झापा- दीपक कार्की
पाल्पा- धनेन्द्रराज घिमिरे
दाङ- हुकुम बस्नेत
डोल्पा- शेरबहादुर बुढा
सल्यान- गोविन्द पुन
बर्दिया- लालबहादुर श्रेष्ठ
बाँके- किष्मत कक्षपति
धादिङ- भूमि त्रिपाठी
अर्घाखाँची- पिताम्बर भुषाल
मोरङ- ऋषिकेश पोखरेल
काभ्रेपलाञ्चोक- अशोक ब्याञ्जू
भक्तपुर- बचन देउजा
सप्तरी- ताराकान्त चौधरी
धनकुटा- ईन्द्रमणि पराजुली
नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी
कपिलबस्तु- डम्बर शर्मा
तेह्रथुम- तेजमान कन्दङ्वा
रूपन्देही- तेजेन्द्र केसी
लमजुङ- कृष्ण अधिकारी
गोरखा- प्रेम गुरूङ
पाँचथर- राजकुमार भण्डारी

 

 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित