Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

३० अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८५ पटक पढिएको

 

लगातार तीन दिन देखि बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से बुधबार भने घटेको छ । आज  नेप्से ३०.७५ अंकले घटेर २६४९.२० कायम भएको छ ।

आज ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १०.७७ अंकले बढेको छ । कुल २३६ कम्पनी बीच कारोबार हुँदा ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

फाइनान्स र जलविद्युत उपसमूहका बाहेक अरु सबै घटेका छन् । बैंकिङ २७, विकास बैंक ७९, होटल तथा पर्यटन ६९, लगानी १, जीवन बीमा ५६, उत्पादन ५१, माइक्रोफाइनान्स ११०, निर्जीवन बीमा २२८, अन्य ३ र ब्यापार उपसमूह ५० अंकले घटे । बुधबार कुल १३४ कम्पनीको मूल्य घट्यो ।

त्यस्तै ५२ कम्पनीको बढेकोमा शिवम् सिमेन्ट कारोबार रकमका आधारमा अगाडि रहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित