Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

भारतमा कोभिड : सप्ताहान्तमा दिल्लीमा कर्फ्यू

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८३ पटक पढिएको

 

भारतको राजधानी नयाँ दिल्ली सँगै मुम्बईमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ ।मङ्गलवार भारतमा ३७ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । उक्त तथ्यांक एक सातामा पाँच गुणाले वृद्धि भएको विज्ञहरूको भनाई छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार कुल सङ्क्रमित मध्य झन्डै एक तिहाइ दिल्ली र मुम्बईमा छन् । समाचार अनुसार संक्रमितहरु धेरैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 

यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरूले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेका छन् । निर्णयअनुसार सबै गैर अत्यावश्यकीय गतिविधिमा शुक्रवार राति देखि सोमवार बिहानसम्म प्रतिबन्ध लगाइने छ । सप्ताहान्त र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको जनाईएको छ ।

खोप सम्बन्धी एउटा कार्यदलका प्रमुख डा. एनके अरोराले सोमवार एनडीटीबीलाई भारतमा कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको बताएका थिए । कोभिड सङ्क्रमण फैलने क्रम बढ्दै गएसँगै राज्य सरकारहरूले पुनः प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन् ।

२९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यू लगाएको छ । सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ । 

दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल कोभिडबाट सङ्क्रमित भएको केही घण्टा पछि सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय सार्वजनिक गरिएको थियो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये भारत पनि एक हो ।

पन्जाब सरकारले पनि रात्रीकालीन कर्फ्यू जारी गरेको छ र सबै विद्यालय तथा कलेजहरू बन्द गरिएका छन् ।कैयौँ भारती राज्यहरूले हालसालै कोभिडका कारण कडा प्रतिबन्धात्मक नियमहरू लगाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित