बसले ठक्कर दिँदा २५ बर्षिय युवती गम्भिर घाइते

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ७२ पटक पढिएको

गौशालामा बसले स्कुटरलाई ठक्कर दिदा २५ बर्षिय युवती घाइते भएकि छिन्  । गौशलाबाट एयपोर्ट तर्फ जाँदै गरेको  बा ५ ख १५३८ नम्बरको मयुर यातायातले सोही दिशा बाट आउँदै गरेको  प्र .०२ –०२१ प १९३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिदा २५ वर्षिय कृतिका कार्की गम्भिर घाइते भएकी छिन्  । घाइते कार्कीलाई उपचारका लागि केयमसि हस्पिटल लगिएको छ । घटना भएपछि बस चालक फरार भएका छन । बस चालक फरार भएपछि स्थानिय आक्रोशमा आएर बसको सिसा फुटाएका छन् । एक स्थानियका अनुसार बस तिव्र गतिमा आई  स्कुटरलाई ठक्कर दिएको र युवतीलाई लतारेको बताएका छन्  । कार्की दोलखा  घर भई हाल बानेश्वर शान्तिनगर बस्दै आएकि छिन् ""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित