२३५ जना संक्रमित थपिए, ४ को मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १८२ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३५ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ०८४ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ८७९ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । त्यस्तै आज १ लाख ३९ हजार १५२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित