पुटिन र बाइडेन बीच वार्ता : एक अर्का बीच चेतावनी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९२ पटक पढिएको

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताएका छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार बिहीवार अबेर राति भएको टेलिफोन वार्तामा पुटिनले त्यस संग सम्बन्धित प्रतिबन्धहरू ठूलो भुल हुने बताएका हुन् ।

रुसको आग्रहमा भएको त्यो संवाद एक महिनामा दोस्रो पटक भएको हो । उनीहरू बीच झन्डै एक घण्टा कुराकानी भएको बताईएको छ ।

बाइडेनले भने युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताएका छन् । समाचार अनुसार बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न समेत भनेको बताइएको छ ।

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताए पछि  तनाव चर्किएको छ । अमेरिकाले प्रतिक्रिया स्वरूप पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए यसअघि कसैले नदेखे जस्तो कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । तस्बिर : ईपिए 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित