आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३११ पटक पढिएको

 

बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् । शुक्रबार बिहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रोकिएको थियो । 

बिहान घाम लागेसँगै ११ बजेदेशि पुनः उडान सुरु भएको नागरिक उड्डन कार्यालयले जनाएकाे छ । अन्तर्राष्ट्रिय उडानका ६ वटा विमान अवतरण भएका छन् भने आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएका छन् ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित