Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सुडानको एक सुनखानीमा विस्फोट हुँदा ३८ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१७ पटक पढिएको

 

दक्षिण सुडानको एक सुनखानीमा  विस्फोट हुँदा कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट हुँदा अझै कति जना घाईते छन् भन्ने स्पष्ट हुन सकेको छैन । 

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको समाचारहरु भेटिन्छन् ।

खानीबारे अनुसन्धान भैरहेको जनाईएको छ ।  अल्जजिराको अनुसार सुडानमा सुरक्षा मापदण्डहरू व्यापक रूपमा लागू भएको नभएको भन्दैत्यहाँ सुन खानीहरु भत्किनु सामान्य नै मानिन्छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित