देशभर वर्षा र हिमपात

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८५ पटक पढिएको

 

आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डू उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा पनि हिमपात भएको छ । चन्द्रागिरिमा पनि यो वर्षको पहिलो पटक हिमपात भएको हो । मौसमविदहरुले मंगलबार नै पानी पर्ने र काठमाण्डू उपत्यका आसपासमै हिउँ पर्नसक्ने पूर्वानुमान गरेका थिए ।

महाशाखा अनुसार मङ्गलवारदेखि नेपालका अधिकांश स्थानमा चिसो बढेको छ । आइतवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेर चिसो बढे जनाईएको छ । महाशाखाका अनुसार यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्ने छ । 

बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ । गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूका अनुसार अहिले देशभरिका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेका छन् । जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित