मंगलबार पनि घट्यो नेप्से परिसूचक

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९३ पटक पढिएको

 

मंगलबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८.९९ अंकमा पुगेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, बिमा कम्पनी, लघुवित्त लगायत समूहमा रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएका बजारमा कारोबार रकम पनि घटेको छ । जसअनुसार कारोबार रकम ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित