सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६२ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६७ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ९७८ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ । त्यस्तै आज २ लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

""

 

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित