बंगलादेशको एक डुंगामा डुंगा आगलागी हुँदा ३७ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८७ पटक पढिएको

बंगलादेशको एक डुंगामा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लाग्दा अन्य १०० जना घाइते भएका छन् । 

अन्तराष्ट्रिय संचारमाध्यमहरुले डुंगामा ५०० जना यात्रु सवार रहेका उल्लेख गरेका छन् । घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताईएको छ । 

स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामका अनुसार तीन तलेको सो डुंगा नदीकोको बीचमा पुग्दा आगो लागेको थियो । त्यस्तै  समाचार संस्था रोयटर्सका अनुसार उद्धारकर्ताहरूले अहिलेसम्म ३७ शव निकालेका र ७२ घाइते यात्रुको उद्धार गरेका छन् ।  मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

आगो लागेपछि कोही नदीमा हाम फालेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण  डुंगा दुर्घटनामा परेको समाचार आइरहेका छन् । 

अल्जजिराको अनुसार बंगलादेशमा बारम्बार आगलागीका दुर्घटनाहरु घटिरहेका हुन्छन् । सन् २०१५ फेब्रुअरीमा पनि क्षमताभन्दा बढी मानिस बसेको डुंगा एक कार्गो डुंगा संग ठोक्किदा कम्तिमा ७८ जनाको ज्यान गएको थियो । तस्बिर : एएफपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित