१२ अंकले बढ्यो शेयर बजार
- वर्ल्ड दैनिक
- १ साल अघि
- १५७ पटक पढिएको

बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार ९२.१६ अंकले बढेको नेप्से बिहीबार भने १२.५३ अंकले बढेर २५२०.२३ अंकमा पुगेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि लगातार जसो घटिरहेको शेयर बजार राष्ट्र बैंकले आयातमा गरेको कडाइपछि भने लगातार बढिरहेको छ ।
यसबाट ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ ।
कुल २२९ कम्पनीको कित्ता किनबेच हुँदा ५९ हजार ८ वटा कारोबार भएको छ । बिहीबार धेरै शेयर मूल्य बढ्नेमध्ये पहिलो नम्बरमा शिखर इन्स्यारेन्स देखिएको छ । शिखरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर १ हजार ६ सय ८८ रुपैयाँमा पुगेको छ । दोस्रो नम्बरमा भने बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जीवन विकास लघुवित्त देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस