Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

मडागास्करमा पानी जहाज दुर्घटना : ८५ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

 

मडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुन्द्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा ५ बालबालिका पनि छन् । 

समाचार अनुसार सामुन्द्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गामा १३८ जना सवार रहेका थिए । यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माईल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । उनीहरुले ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । 

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ । एएफपीबाट /तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित