Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

बुधबार ९२.१६ अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४७ पटक पढिएको

 

साता पहिलो कारोबार दिन (सोमबार) घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । मंगलबार ५६.७३ अंकले बढेको शेयर बजार बुधबार भने ९२.१६ अंकले वृद्धि भएको हो । 

बजारमा ३.८२ प्रतिशतको वृद्धि  भए सँगै नेप्से  २५०७.७० अंकमा पुगेको छ । आइतबार नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको आकंलन हुन थालेको छ ।

यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको  कारोबार भएको छ । 

कुल २३३ कम्पनीको  कित्ता किनबेच हुँदा ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । बुधबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित