होन्डुरसको नयाँ राष्ट्रपतिमा सियोमरा क्यास्ट्रो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२५ पटक पढिएको

 

होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छिन् । अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भए सोमबार मात्र उनलाई राष्ट्रपति घोषणा गरिएको छ । निर्वाचन आयोगले सोमबार आधिकारिक रुपमा सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित भएको जनाएको हो । 

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेतृ सियोमराको राष्ट्रपति कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने समेत घोषणा भएको छ ।

उनले निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी छन् । उनको विजयले नेशनल पार्टीको १२ वर्षको शासन र लिबरल पार्टीको साथमा चार दशकको साझा शासनलाई तोडेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनी होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित