नाराबाजीका बीच २ वटा अध्यादेश पारित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १०८ पटक पढिएको

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका कारण प्रतिनिधसभा बैठकलाई सभामुख अग्नि प्रसाद सापकोटोले  पुष ७ गते सम्मका लागि स्थगित गरेको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए ।

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गरेका थिए । 

सभामुख सापकोटाले नाराबाजी बीच बैठक अगाडि बढाएका थिए । केहि समयको लागि जारि बैठकमा यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ । 

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरे पनि उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।

प्रतिनिधिसभको बैठक सकिए पछि प्रत्रकारहरु सँग कुरा गर्दै एमालेका नेता गोकुल बास्कोटाले  प्रतिनिधिसभामा  लामो सयम देखि विवादित रहेको एमसिसिकोबारेमा पहिले पाँच दलिय गठबन्धको धारणा स्पष्ठ हुनु पर्ने र त्यसपछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताए । 

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेले  बैठक अवरुद्ध गर्दै आएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित