Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

क्रिसमसमा ओमिक्रोन झन् फैलिन सक्छ : अमेरिकी रोग विशेषज्ञ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१९ पटक पढिएको

 

अमेरिकाका वरिष्ठ रोग विशेषज्ञले क्रिसमसका बेला हुने चहलपहलले गर्दा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन झन् फैलिन सक्ने चेतावनी दिएका छन् । आईतबार एक पत्रकार सम्मेलन मार्फत डा. एन्थोनी फाउचीले कोभिडविरुद्धका पूर्ण खोप लगाइसकेकाहरुमा समेत ओमिक्रोन फैलिन सक्ने चेतावनी दिएका हुन् । 

राष्ट्रपति जो बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार एवं संक्रामक रोग विशेषज्ञ डा.फाउचीले भने ” यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ, यसमा कुनै शङ्का छैन,”। तीव्र रुपमा ओमिक्रोन फैलिएको अवस्थामा अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने पनि उनको भनाइ छ ।

उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टरको मात्रा लगाउन पनि आग्रह गरेका छन् । पूर्ण खोप र बुस्टर डोज लगाउँदा संक्रमणको जोखिम कम हुने डा. फाउचीको भनाई छ । जाडो बढ्दै जाँदा ओमिक्रोन थप फैलिन सक्ने र केही हप्ता वा महिना कठिन हुन सक्ने उनले बताएका छन् ।

शुक्रवार ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा पनि उनले खोप नलगाएका मानिसहरू सङ्क्रमणको उच्च जोखिममा रहेको र अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै रहने बताएका थिए ।

अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ । सीडीसीको पछिल्लो विवरणले न्यू योर्कमा ओमिक्रोनका संक्रमित सबैभन्दा बढी भएको देखाएको छ । त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन् । तस्बिर : रोयटर्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित