वायु प्रदूषण बढेकोले जथाभावी बाहिरी क्षेत्रमा हिँड्डुल नगर्न चित्सकको सुझाव
- वर्ल्ड दैनिक
- १ साल अघि
- ९५ पटक पढिएको

देशभर चिसो बढेसँगै वायु प्रदूषण पनि बढिरहेको छ । चिसोको न्युनतम तापक्रम वृद्धि भए सँगै वायु प्रदूषणको दर पनि वृद्धि भएको वातावरण विभागले जनाएको हो ।
विभागका अनुसार पछिल्लो साता देशका मुख्य शहर पोखरा, काठमाण्डू, सिमरा, धनगढी, जनकपुर, विराटनगर लगायतमा वायु प्रदूषण उल्लेख्य वृद्धि भएको छ । विभागको तथ्याङ्कानुसार पार्टिकुलेट मिटर २.५ आकारको धुलो पोखरा १९०, विराटनगर १८३, सिमरा १७९, धनगढी १७६, कीर्तिपुर १५६, रत्नपार्क १६०, शंकपार्क १५६, जनकपुर १५३ माइक्रोग्राम परमिटर क्युव पुगेको छ ।
यो वायुको गुणस्तर खतरनाक भएको भन्दै मर्निङ वाकदेखि जथाभावी बाहिरी क्षेत्रमा हिँड्डुल गर्न नहुने स्वास्थ्यकर्मीहरुले सुझाव गरेका छन् । त्यस्तै देशैभर चिसो बढेका कारण सुरक्षा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
यता हिउँद मौसम अवधिमा सरदर भन्दा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मुख्य २० वटा केन्द्रहरुमा हिउँद अवधिमा मापन गरिएको ३० वर्ष यता सन् १९९१ देखि २०२० को औसत वर्षा ५६.५ मिलिमिटर रहेको छ । यस वर्ष समेत औसत भन्दा कम वर्षा हुने जनाएको छ ।